सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
काठमाडौं । कुनै पनि धितोपत्र धनीको सेयर अर्को डिम्याट खातामा सार्ने प्रक्रिया सेयर नामसारी हो । यस्तो नामसारी एकाघर परीवारभित्र अर्थात घरका सदस्यको नाममा गर्न मिल्छ । सेयर नामसारीमा घरायसी र मृत्यु नामसारी हुन्छ ।
घरायसी नामसारीमा एकाघर परिवारभित्र नै नामसारी गर्न पाइन्छ जस्तो बुुबाआमा को सेयर छोराछोरीको नाममा वा श्रीमानको सेयर श्रीमतिलाई सार्न मिल्छ । त्यस्तै, मृत्यु नामसारीको हकमा धितोपत्र धनी (सेयर होल्डर) भएको व्यक्तिको मृत्युु भएको खण्डमा जे हकवाला छ उसले सेयर नामसारी प्रक्रिया अघि बढाउन सक्छ ।
सेयर नामसारी गर्न चाहिने पहिलो र मुुख्य भनेको डिम्याट खाता हो । डिम्याट खाता नभइ सेयर नामसारी गर्न मिल्दैन् । त्यसपछि हकवालाको विवरण खुुल्ने कागजात र व्यक्तिको उपस्थिती आवश्यक छ ।
कुरा पैसाको नयाँ अंकमा हामीले सेयर नामसारी र यसको प्रक्रिया बुझाउने प्रयास गरेका छौं । प्रस्तोता निरज गिरीले माछापुच्छ्रे क्यापिटलका डिपी इन्जार्च बिन्दु अधिकारीसँग गरिएको कुराकानीको पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया