आरिफको अर्धशतकमा नेदरल्यान्ड्सविरुद्ध नेपालको जित
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध जित निकालेको छ । नेपालले बुधबार भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध पाँच विकेटको जित निकालेको हो ।
स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा आरिफ शेखको अर्धशतकमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आरिफले ७८ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले तीन चौकाको मदतमा ३८ रन बनाए ।
कुशल भुर्तेलले २५, आसिफ शेखले १९, भीम सार्कीले ११, कप्तान रोहित पौडेलले २३ र गुल्सन झाले ११ रन जोडे ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले दुई तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको थियो ।
नेदरल्यान्ड्सका नोह क्रोएसले सर्वाधिक ४८ रन बनाए । उनले ५५ बलमा पाँच चौका प्रहार गरे । यस्तै, कप्तान स्कट एडवार्ड्सले ४६ रन थपे । विक्रमजित सिंहले ३८, च्याच लायनले २७, रोइलोफ भान डेर मेर्वेले २१ र तेजा निदामानुरुले १३ रन जोडे ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई विकेट लिए ।
जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया