NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २३ गते

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्रीविरुद्ध आयोगको पहिलो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, सो जग्गा कम मूल्यमा किनेर महँगोमा बिक्री गरेको तथा सार्वजनिक सम्पत्तिमा क्षति पु-याएको ठहर गर्दै मुद्दा दायर भएको हो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, कानून मन्त्री प्रेमबहादुर सिंह, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, सचिव छविराज पन्तलगायत उच्चपदस्थ अधिकारी सहित ९६ जना विरुद्ध मुद्धा दायर भएको हो ।

नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट निर्णय गराई हदबन्दी भन्दा बढी जग्गा छुटको निर्णय गराइएको थियो । कम्पनीले कानूनले तोकेको हदबन्दीभन्दा ५५४ रोपनी बढी जग्गा खरिद गरेको छ, जुन भूमि ऐन २०२१ अनुसार जफत योग्य मानिन्छ ।

आयोगले सार्वजनिक गरेको आरोपपत्रअनुसार कम्पनीका संस्थापक शालीग्राम सिंहको मिलोमतोमा मालपोत कार्यालय, गुठी संस्थान, भूमि सुधार मन्त्रालयदेखि मन्त्रिपरिषद्का पदाधिकारीहरूसम्म यो प्रकरणमा संलग्न देखिएका छन् ।

आयोगले पतञ्जली योग पीठ नेपाल, चौतारामा प्रा.लि. र अन्य सम्बन्धित व्यक्तिहरूको नाममा रहेको ६४० रोपनीभन्दा बढी जग्गा जफत गरी सरकारी सार्वजनिक सम्पत्तिको रूपमा कायम गर्न विशेष अदालतसमक्ष मागदाबी गरेको छ।

आयोगले पहिलोपटक मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णयमाथि पूर्वप्रधानमन्त्रीलाई प्रतिवादी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्बाट निर्णय गर्नेविरुद्ध मुद्दा दायर भएको थिएन ।

ताजा अपडेट

नेपालवाच विशेष