NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २४ गते

रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

काठमाडौँ । अल नासर छोडेर फिफा क्लब विश्वकप खेल्ने चर्चा भइरहेका बेला क्रिस्टियानो रोनाल्डोले आगामी फिफा क्लब विश्वकपमा सहभागी नहुने बताएका छन् ।

पोर्चुगलको युइएफए नेसन्स लिगको स्पेनविरुद्धको फाइनल अघि कुरा गर्दै फिफा क्लब विश्वकपका लागि कैयौं प्रस्ताव आएको भएपनि आफु सहभागी नहुने स्पष्ट गरेका हुन् । उनले भनेका छन्- ‘यो लगभग तय छ, मैले कैयौं प्रस्ताव पाएपनि म फिफा क्लब विश्वकपमा सहभागी हुन्न ।’

रोनाल्डोले आफ्नो सक्रिय फुटबल क्यारियर धेरै नभएको विषयमा आफु जानकार रहेको बताउदै आफुले अहिले पनि उत्कृष्ट खेलिरहेको बताए । उनले आफुले सन्यासको बारेमा नसोचेको बताउदै आफु अहिले खुशी रहेको बताए ।

रोनाल्डोले स्पेनका युवा खेलाडी लामिन यमलका बारेमा पनि टिप्पणी गरेका छन् । रोनाल्डोले यमलले राम्रो गरिरहेको र उनलाई अहिले कुनै किसिमको दबाब दिन नहुने र उनलाई खेलाडीको रुपमा विकसित हुन दिनुपर्ने बताए । रोनाल्डोले आइतबार राति यमलको टिम स्पेनसँग नेसन्स लिगको फाइनलमा खेल्दैछन् ।

अल नासरमा यस महिनाको अन्त्यसम्म मात्र सम्झौता रहेका रोनाल्डोले अल नासरमै सम्झौता नवीकरण गर्ने विश्वास गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष