स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
काठमाडौँ । स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।
आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको हो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका थिए । त्यस्तै माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए ।
नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया