विश्वकप लिग-२ – नेपाल स्कटल्याण्डसँग २ रनले पराजित
काठमाडौँ । स्कटल्याण्डले नेपाललाई २ रनले पराजित गरेको छ ।
आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा अल आउट हुदै ३२१ रन बनाएको हो ।
नेपालका लागि भीम सार्कीले सर्बाधिक ७३ रन बनाएका थिए भने सोमपाल कामीले ६७, दिपेन्द्र सिंह ऐरीले ५६ र आरिफ सेखले ३९ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १७, गुलशन झाले ११, करण केसीले अविजित बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका थिए । त्यस्तै माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए ।
नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिएका थिए ।
यो जितपछि स्कटल्याण्डको लिग- २ मा तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्याण्डको १९ खेलमा २४ अंक भएको छ । त्यस्तै नेपालको १५ खेलमा १० अंक रहेको छ र नेपाल सातौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत अब अर्को खेल मंगलबार नेपाल र नेदरल्याण्डसबीच हुने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया