एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यु
काठमाडौँ-मध्यम गतिका बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यु गरेका हुन् । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यु क्याप हस्तान्तरण गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गर्ने उनी ४२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघिका तीन खेलमा यादवले खेल्ने मौका पाउन सकेका थिएनन् ।
तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनले खेल्ने मौका पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार सोमपाल अभयासका क्रममा घाइते भएका हुन् । अभ्यासका क्रममा उनीसँगै गुल्सन झा पनि घाइते भएका छन् । सोमपालको दायाँ हातमा तथा गुल्सनको घुँडामा चोट लागेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया