NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २९ गते

नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं– नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र आज दोस्रो भेटमा नेदरल्याण्ड्सलाई हराएको हो ।

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो ।

२ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो ।

जित पछि नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । पराजित नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।