NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३० गते

वेस्टइण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको क्लीन स्वीप

काठमाडौँ । इङल्याण्डले वेस्टइण्डिजविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।

गएराती सम्पन्न खेलमा सिरिजको तेस्रो तथा अन्तिम खेल इङल्याण्डले ३७ रनले जितेसँगै ३ खेलको सिरिज ३-० ले जितेको हो।

यस खेलमा इङल्याण्डले दिएको २४९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै २११ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

यस खेलमा ४६ बलमा ८४ रन बनाएका इङल्याण्डक बेन डकेट प्लेयर अफ द म्याच बने भने ३ खेलमा सर्बाधिक २६७ रन बनाएका इङल्याण्डका पुर्व कप्तान जोस बटलर प्लेयर अफ द सिरिज बनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष