यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डससँग हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।
नेपाली टिममा इन्जुरीका कारण सोमपाल कामी र गुलशन झा बाहिर रहेका छन् । दुवै जना यसअघि खेलिएको लिग-२ को खेलको अभ्यासको क्रममा घाइते भएका थिए ।
यो त्रिकोणात्मक टी-२० सिरिज आइतबारदेखि २० जुनसम्म हुदैछ । यो सिरिजको पहिलो खेलमा आइतबार स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दै छन् भने सोमबार नेपाल र नेदरल्याण्डस, त्यस्तै मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया