NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २ गते

नेदरल्याण्डसले नेपाललाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि तेजा निदामनुरुले ३५ रन बनाए भने विक्रमजित सिंगले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २०, म्याक ओ डोउडले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यसै गरी ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष