त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र स्कटल्याण्ड खेल्दै
काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल एक टी-२० २०१३ मा खेलिएको थियो, जुन स्कटल्याण्डले जितेको थियो ।
आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १३औं स्थानमा रहेको छ ।
२० जुनसम्म हुने यो त्रिकोणात्मक टी-२० सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया