त्रिकोणात्मक टी२० सिरिज: नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो
काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले हराएको छ ।
दुबै इनिङमा दुबै टोलीका बलर हावी खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।
नेपाललाई जीत दिलाउन बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।
हिजो (सोमबार) भएको सनसनीपूर्ण खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको नेपालले आजको जितसँगै दुई अङ्क जोडेको छ । एक/एक खेल जितेका स्कटल्याण्ड र नेदरल्याण्डले पनि समान दुई/दुई अङ्क जोडेका छन् ।
त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल पर्सी (बिहीबार) बेलुकी ७ः४५ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया