सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्नुपर्ने बताएका छन् ।
उपाध्यक्ष श्रेष्ठले सरकार र सभामुखबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको उल्लेख गर्दै सबैको सहमतिमा सदन संचालन हुनुपर्ने बताएका हुन् ।
साथै उनले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन समेत अनुरोध गरेका छन् ।
उनले भनेका छन्-
सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपी अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन ।सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
त्यसप्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया