अस्वच्छ खाद्य पदार्थले ३० लाख व्यक्ति प्रभावित
काठमाडौं । नेपालमा ३० लाख व्यक्ति खाद्य अस्वच्छले प्रभावित हुने गरेका छन् । काठमाडौं महागरकाे ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना अन्तर्गत राखिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सचेतना कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख सल्लाहकार सन्तोष गिरीले नेपालमा अस्वस्थ खानाले ३० लाख व्यक्ति प्रभावित भएको बताए ।
उनले अखाद्य वस्तुुले हर्मोनलरोग बढीरहेको बताए । उनले यसमा उपभोक्ता नै सचेत हुुनुुपर्नेसमेत बताए उपभोक्ताले कुुनै पनि खाद्य वस्तु उपभोग गर्दा त्यसकाे उत्पादन तथा म्याद सकिने समय हेर्नुपर्नेमा उनले जाेड दिए । महानगरले अखाद्य वस्तुुको नियमन गरिरहेको बताउँदै उनले यो विषय महानगरको प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्वमहानिर्देशक जीवन प्रभा लामाले सुरक्षित खाद्य वस्तुु उपभोगबारे चेतना बढाउन अझै आवश्यक रहेको बताउँदै यसमा अझ बढी सञ्चार माध्ययको भुुमिका सशक्त हुुने उल्लेख गरिन् । नेपालमा खाद्य स्वस्थताको चुुनौतीको रुपमै देखापरेको उनले बताइन् ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले कुनै पनि वस्तु खानुपूर्व खान योग्य छ वा छैन हेर्नुपर्ने बताए । अस्वच्छकर एंव दुषित खाद्य पदार्थबाट दुई समय भन्दा बढी रोग लाग्ने गर्छ भने हरेक १० जनामध्ये १ जनालाई अस्वस्थ खानाले बिरामी पार्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया