भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ- ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानविन हुनु्पर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको एजेण्डा बनाउन नहुने र यस अघि गृहमन्त्री बनेका १४ जनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले भने- ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सबैको साझा मुद्दा हो । आज एक जना गृहमन्त्रीको कुरा होइन । १४ जना गृहमन्त्रीको कुरा हो । २०६४ सालदेखि अहिलेसम्मको कुरा हो ।’
सांसद शाहीले भिजिट भिसाको नामा लाखौं मान्छेहरु बेचिएको बताउँदै एक जना सांसदले विरोध गर्दा पनि सदन सुचारु हुन नहुने बताए ।
राप्रपाले विरोधको वाबजुद पनि संसद् चलाएको बन्दै आज पनि संसद् बहिस्कार गरेको छ ।
ताजा अपडेट
-
टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता
-
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी
-
५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
-
खानेपानीमन्त्री यादवको एक वर्षः मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
-
चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण
प्रतिक्रिया