लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने
नेपालगञ्ज । लुम्बिनी प्रदेशमा मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पोषण अवस्थामा सुधार एवम् बाल तथा मातृ मृत्युदर घटाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलले आज यहाँ स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रिया आयोजना गरेको थियो ।
बढ्दो मातृ तथा बाल मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले जानकारी दिए । उनले पोषण नहुँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै मृत्युसमेत हुने भएकाले सो अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विशेष कार्यक्रम गर्न लागिएको हो । आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे । त्यसका लागि मन्त्रालयले रु आठ करोड बजेट विनियोजन गरेको गौतमले बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए।
प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । सो अन्तरक्रियाका सहभागीले बालबालिकामा कुपोषण हुन नदिन जनस्वास्थ्यका क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया