NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ५ गते

नेपालले टस जित्यो, नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेदरल्याण्डसको सामना गर्दैछ ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाल र नेदरल्याण्डसबीचको पछिल्लो खेल ऐतिहासिक बनेको थियो । सो खेलको निर्णय तेस्रो सुपर ओभरमा भएको थियो । जुन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि भएको थिएन । सो खेल नेदरल्याण्डसले जितेको थियो ।

यस सिरिजमा नेदरल्याण्डस ३ खेलमा २ जित र एक हारसहित ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १४ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ८ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ । आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष