भीम सार्कीको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु
काठमाडौँ । नेपाली ब्याट्सम्यान भीम सार्कीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका छन् ।
आज नेदरल्याण्डसविरुद्धको खेलमा भीमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका हुन् । उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्ने ५२औं खेलाडी बनेका छन् । भीमलाई अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डेभ्यु क्याप दिएका थिए ।
मिडल अर्डरमा स्पेस्लिष्ट ब्याट्सम्यान भीमले एकदिवसीय क्रिकेटमा भने नेपालबाट ३२ खेल खेल्दै एक शतक र ४ अर्धशतक बनाएका छन् ।
प्रतिक्रिया