टी–२० आई सिरिज : नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय ७५ रनको लक्ष्य
काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रनको योगफल तयार पारेको हो।
सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए । ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।
रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। सकिव जुल्फिकर ११ बलमा २ चौका सहयोगमा १४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आउट भए। नेपालका लागि करण केसीले दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया