टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं – स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध खेल्दै टी–२० आई त्रिकोणात्मक सिरिजको अन्त्य गर्दैछ। स्कटल्यान्डको ग्लास्गोमा हुने खेल शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ। सिरिजमा दुई जित निकालेको नेपाली टोली अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्यको खोजीमा छ।
नेपालले पहिलो खेलमा घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपालले दोस्रो खेलमा भने ६ विकेटको जित निकालेको छ। उता नेपालसँग पहिलो खेलमा हार भोगेको स्कटल्यान्डको टोली त्यो हारको बदला लिर्दै घरेलु भुमिमा जितका साथ सिरिजको बिट मार्न चाहान्छ।
स्टकल्यान्डले डच टोलीसँगको पहिलो खेलमा ३९ रनको जित निकालेको थियो। तर दोस्रो खेलमा भने १७ रनको हार भोगेको थियो। जारी सिरिजमा नेपाल र नेदरल्यान्ड्सले समान दुई जित निकालेका छन्। स्कटल्यान्डले भने एक खेलमा मात्र नतिजा आफ्नो पक्षमा पारेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया