औलोका सात जना बिरामी भेटिए
चितवन । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।
औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो ।
पन्ध्र वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए । यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।
उनका अनुसार अहिले औलो रोग निवारण गर्नेगरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा पी भाइभाक्स परजिवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजिवी भेटिने गरेको उनले बताए ।
औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया