नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो ।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भए । उनले एक चौका र तीन छक्का समेत प्रहार गरे । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ३३ बलको सामना गरेको ऐरीले एक चौका र एक छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित पौडेल २७ रन बनाएर पेभेलियन फर्किएका थिए ।ओपनर कुशल भुर्तेलले ४, आसिफ शेखले १४, भीम सार्कीले १२ र आरिफ शेखले ५ रन बनाए ।
स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले तीन विकेट लिए । सफायान सरिफले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लीस्कले एक एक विकेट लिए ।
यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए । आजको खेलमा जित हात पार्ने टोलीले सिरिज जित्ने छ ।
सिरिजमा नेपालले दुई जित निकालेको थियो । यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
प्रतिक्रिया