मृत्त भेटिएकी १६ दिनकी सुत्केरीको देवरबाटै हत्या

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ।
विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन्। ‘भाउजू सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले
तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। ‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।
नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकारेका छन्। भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो। तुलसी नाथले शिशुलाई जन्म दिएकाले घरमा खुशीको माहौल थियो । तर शुक्रवार घर नजिकै १६ दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर एकाएक फैलियो । इलाका प्रहरी कार्यालय मसुरियाले पनि मालाखेतीलाई सोही जानकारी गरायो।
ताजा अपडेट
-
अमरेशले ‘नेपालका पाँच जिल्ला बाहेक अरु लिजमा दिउँ’ भनेपछि संसदमा लफडा
-
नेपालको एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात
-
नेपाल लाइफ इन्स्योरेन्स ‘सिप मेला २०८२’ काे संस्थागत साझेदार
-
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने ट्रम्पको घोषणा
प्रतिक्रिया