मृत्त भेटिएकी १६ दिनकी सुत्केरीको देवरबाटै हत्या
कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ।
विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन्। ‘भाउजू सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले
तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। ‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।
नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकारेका छन्। भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो। तुलसी नाथले शिशुलाई जन्म दिएकाले घरमा खुशीको माहौल थियो । तर शुक्रवार घर नजिकै १६ दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर एकाएक फैलियो । इलाका प्रहरी कार्यालय मसुरियाले पनि मालाखेतीलाई सोही जानकारी गरायो।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया