नेपालको एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात
काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६.१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिएका थिए सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिएका थिए ।
प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया