पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ- पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, परिषद् सदस्य र कार्यकारी निर्देशकसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासहित १४ जना र दुई कम्पनी उपर भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
उनीहरूमाथि पशुपति क्षेत्र विकास कोष र सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी/नोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि भएकाले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया