असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
काठमाडौँ । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ ।
निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।
वर्षायाममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरू ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जंगली जनावरहरूसमेत नदेखिने कारणले निकुञ्जले जीप सफारी हरेक वर्ष बन्द गर्दै आइएको हो ।
बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ ।
बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरू पन्छाउने र विभिन्न पुलहरूको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया