काठमाडौंसहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं । देशको विभिन्न जिल्लाहरू आज (सोमबार) आकस्मिक बाढीको मध्यम तथा सामान्य जोखिम रहेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत, र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ।
यस्तै झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको हुनसक्ने महाशाखाले जनाएको छ। यी २२ जिल्लालाई बाढी महाशाखाले आज पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया