रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरूको आन्दोलन यथावत् रहेको बताएका हुन् ।
उनले भिजिट भिसा जस्तो गम्भीर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत उनको आरोप छ । उनले अर्को संसद बैठक असार १४ गतेको रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरू गर्ने बताए ।
उनले भने ‘हामीले आज सदन बहिस्कार गर्यौँ । हाम्रो आन्दोलन यथावत् छ । अब असार १४ गते सदन छ । त्यो समयसम्म हामी यो मुद्दालाई थप स्थापित बनाउनको लागि के कस्ता कामहरु गर्नुपर्छ त्यो गर्छौं । हाम्रो आन्दोलन चाहिँ यथावत् छ । यस्तो गम्भीर मुद्दालाई सरकारले जसरी पन्छाउन खोजेको छ त्यो बन्द होस् । हाम्रो माग पूरा भयो भने हामी संसदीय प्रक्रियामा फर्किहाल्छौँ ।’
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिलाई रास्वपाले अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया