NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ११ गते

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।

आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल हुनेछ । विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुनेछ। यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यसैगरी आज हुने सचिवालय बैठकमा सरकारको काम कारबाहीबारे पनि समीक्षा हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष