गैंडाले आक्रमण गर्दा घाँस काट्न गएका दराईको ज्यान गयो
चितवन – चितवन राष्ट्रिय निकुञ्ज आडको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ५२ वर्षीय सनिश्चरा दराईको बिहीबार बिहान गैंडाले आक्रमण गर्दा ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका उनी राप्ती नगरपालिका–६ स्याउली टोलका हुन् ।
राप्ती एकता मध्यवर्ती सामुदायिक वनको भसामाडी तल्लो ताल क्षेत्रमा घाँस काट्न गएका बेला सनिश्चरालाई गैंडाले आक्रमण गरेको चितवन निकुञ्जको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नवराज पाठकले बताए । उनको घटनास्थलमै ज्यान गएको हो । बिहान ६ बजेतिर उनलाई गैंडाले आक्रमण गरेको थियो । घटनास्थलमा हसियाँ, एउटा खाली बोरा र एक मुठा घाँस पनि रहेको उनले बताए । ‘बिहान घाँसको जोहो गर्न गएका बेलामा घटना भएको हो,’ अध्यक्ष पाठकले भने ।
जंगली जनावर ओहोरदोहोर गर्ने क्षेत्रमा सावधान भएर क्रियाकलाप गर्न निकुञ्ज प्रशासनले अपिल गरेको छ । चार जिल्ला जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ, गैंडा, जंगली हात्ती, बँदेल, गोहीजस्ता जंगली जनावरको आक्रमणमा परेर बर्सेनि ५ देखि २५ जनासम्मको ज्यान जाने गरेको छ ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया