परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
काठमाडौँ। परराष्ट्र मन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा संगठनमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी तथा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया