परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
काठमाडौँ। परराष्ट्र मन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा संगठनमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी तथा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया