बाढी घरमा पस्दा महिला बेपत्ता

त्रिशूली । अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन् ।
बिमचा खोल्सी (कोल्पु खोला) मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बाढीले थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना थप जग्गा खरिद गर्ने सम्झौता
-
रविमाथि प्रतिशोध साँधेको भन्दै १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ शुरु
-
शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो
-
‘फेस अफ एसवाई-२०८२’ सुरु
प्रतिक्रिया