NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १३ गते

‘फेस अफ एसवाई-२०८२’ सुरु

काठमाडाैं ।    एसवाई इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको ‘फेस अफ एसवाई–२०८२’ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट यो प्रतियोगिता दुई करोड बढी पुरस्कारको व्यवस्था गरी आयोजना गरिएको हो ।

मोडलिङमा लाग्न चाहने तथा आफ्ना लुकेका प्रतिभाहरू उजागर गर्नको लागि यो प्ल्याटर्फम निकै उपयोगी सावित हुने एसवाई इन्टरटेन्टमेन्टका निर्देशक विमलराज गोसाईंले जानकारी दिए ।

उनका अनुसार यसले नेपाली प्रतिभालाई राष्ट्रिय सतहमा प्रोत्साहित गर्ने मात्र नभई डिजिटल प्लेटफर्ममा हरेक वर्गका प्रतिभालाई परिचित गराउने र अनुकरणीय बनाउने अवसर दिनेछ । प्रतियोगितामा जुनसुकै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन गोसाईंले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रतिस्पर्धामार्फत मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरु छनौट गरिने र पुरस्कृत गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो कार्यक्रम जुन १, २०२५ बाट सुरु भई जनवरी ३१, २०२६ सम्म चल्नेछ । चरणबद्ध रूपमा हुने कार्यक्रमको पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने कम्पनीले बताएको छ ।

भिडियो बनाउने पहिलो चरणबाट उत्कृष्ट पाँच सय जनालाई छनोट गरिने कम्पनीले बताएको छ । साथै, हातै खाली नहुने गरी छनौट भएका पाँच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिने कम्पनीको भनाई छ ।

यस्तै, पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोस्रो चरणमा लगिने छ । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँ बराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिने कम्पनीले बताएको छ । साथै, दोस्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिने र फाइनल अडिसन काठमाडौंमा हुने एसवाई इन्टरटेन्टमेन्टले बताएको छ ।

यो चरण सन् २०२६ जन १ देखि जनवरी ३१ तरिखमा चल्ने कम्पनीले बताएको छ । अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई विभिन्न चरण गरेर परीक्षण पनि दिइने गोसाईंले बताए । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुने र यसपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनौट हुने कम्पनीले बताएको छ ।

टाइटल विनरलार् नगद ५ लाख पुरस्कारका साथै एक करोड रुपैयाँ बराबरको एक वर्षको कनट्र्याक्ट गरिने कम्पनीले बताएको छ । यसमा सर्तहरू लागू गरी करकटी गरेर रकम प्रदान गरिने छ । प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार र उनीसँग ५० लाख रुपैयाँ बराबरको कनट्र्याक्ट गरिने बताइएको छ ।
सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँग ३० लाख रुपैयाँ बराबरको कनट्र्याक्ट हुने छ । त्यसपछि बाँकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइनेछ र उनीहरूलाई प्रति व्यक्ति डेढ–डेढ लाख रकम दिइने कम्पनीले बताएको छ । प्रतियोगितामा सहभागीहरूको मूल्यांकनको आधार फरकफरक हुने छन् ।

पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुनेछ । दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट) ले ५० प्रतिशत अंक दिइने छन् । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइने कम्पनीले जानकारी दिएको छ ।

पहिलो र दोस्रो चरण भिडियोमार्फत डिजिटल अडिसन गरिने र त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भौतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् हुने कम्पनीले बताएको छ । कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै फेस अफ एसवाई–२०८२ को घोषणा गरिसकेको छ ।

एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो । यस कम्पनी अन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेजलगायतका कम्पनीहरू नेपालमा रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष