रविमाथि प्रतिशोध साँधेको भन्दै १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ शुरु
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ।
शुक्रवार काठमाडौँको कलंकीमा पार्टीका नेताहरू उपस्थित भई हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क शुभारम्भ गरेका हुन्। रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसविरुद्ध जनताको हस्ताक्षर अभियान शुरु गरेको हो।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो।
शुक्रवारबाट काठमाडौँका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया