कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना थप जग्गा खरिद गर्ने सम्झौता

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ ।
यसका लागि कार्यालयभन्दा अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको थियोे ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी रु ५० लाख बैनासहित सम्झौता भएको पार्टी कार्यालयले जनाएको छ ।
निर्धारित रु १३ करोड पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।
ताजा अपडेट
-
एसइईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने छ
-
एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन
-
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना थप जग्गा खरिद गर्ने सम्झौता
-
रविमाथि प्रतिशोध साँधेको भन्दै १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ शुरु
प्रतिक्रिया