एसईई नतिजा : सबैभन्दा धेरै गणित विषयमा ‘ननग्रेडेड’
काठमाडौं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा धेरै विद्यार्थी गणितमा ‘ननग्रेडेड’ भएका छन् ।
शुक्रबार साँझ सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार, गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन् ।
पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद भएको बताए । उनका अनुसार, अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया