प्रधानमन्त्री भ्रमणमा लागि स्पेन प्रस्थान
काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौंथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले प्रधानमन्त्रीलाई बिदाइ गरेका हुन् ।स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भ्रमण अघि आजै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया