फुटबलका हस्ती राजुकाजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित
काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (SCSMF) ले आफ्नो वार्षिक SCSMF Sports Award को दोस्रो संस्करण काठमाडौंको कमलादीस्थित होटल रोयल सीङ्गीमा समारोहबीच सम्पन्न गरेकाे छ ।
नेपाली खेलकुदमा योगदान पु-याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरिएको थियो ।
यस वर्षको ’ नेपाली फुटबलका महान हस्ती तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरिएको थियो भने नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पु-याएकाे अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो। शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
त्यसैगरी, SCSMF Sports Award 2025’बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरिएको थियो । देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उनले पु¥याएको महत्वपूर्ण योगदानको लागि उनलाई सम्मानित गरिएको हो। शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ।
पुरस्कार स्वरूप दुवै जनालाई दुुई लाख ५० हजार रुपैयाँ स–सम्मान नगद दिइएको हो । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन् । उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्तिसमेत हुन् ।
नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र ओलम्पिक मुुभमेन्ट ल्याउने व्यक्ति स्व. शाहा नै हुन् । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्षसमेत रहे । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि हुन् । फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो।
विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा नेपाल स्पार्टस फर अल कमिसनको सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ“ नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो। साथै, यस फाउन्डेसनद्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त“ नामक किताब पनि प्रक्षेपण गरिएको थियो।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया