विपदबाट हुने जोखिम बढी भएको स्थानमा रातिको समयमा गाडी चलाउन नपाइने
काठमाडौँ- सरकारले विपदबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय एफएम तथा सामाजिक सञ्जालहरूमा सूचना दिने भएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को आइतबार बसेको बैठकले स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यस्तै जोखिम भएको ठाउँमा रातिको समयमा गाडी नचलाउने र मौसम पूर्वानुमानको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ ।
परिषद्ले भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउन सम्बन्धी निकायलाई निर्देशन पनि दिएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिन यता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो ।
परिषद्को बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारी साधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउने निर्णय भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीनवटै सुरक्षा निकाय अलर्टमा बसेको, सेना र निजी क्षेत्रका हेलिकप्टर समेत विपद्मा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा रहेको बताए । उनले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकहरूमा सवारी सञ्चालन नगर्नु भनेको अवस्थामा सवारी चलेमा र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इन्चार्ज हुने गरी निर्देशन पठाइसकिएको जानकारी दिए ।
मुख्य सचिव एकनारायण अर्यालले मौसम पूर्वानुमान अहिले मिलिरहेको भन्दै त्यसलाई ध्यान दिएर सम्बन्धित निकायलाई सोहीअनुसार अलर्टमा राखिएको बताए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया