NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १५ गते

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

काठमाडौँ -उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् । लाओसले एउटा आत्मघाती गोल गरेको थियो ।
नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको थियो । सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओस विरुद्ध २–० गोलको अग्रता लिएको छ । नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो । खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन् । यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको  क्रसमा सावित्राले गोल गरिन् ।
दोस्रो हाफमा नेपालले थप ६ गोल गरेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै नेपालका लागि सरु लिम्बूले गोल गरिन् । यस्तै खेलको ५५औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले खेललाई ४–० गोलको अवस्थामा पुर्याइन् । लगत्तै रश्मीकुमारी घिसिङले गोल गरिन् । नेपालले खेलको ७५औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । त्यसको एक मिनेटपछि साम्बाले नै व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ६–० गोलको अग्रता दिलाइन् ।
यस्तै खेलको ८३औँ मिनेटमा नेपालका लागि अनिता केसीले गोल गरिन् । नेपालले ८–० गोलको अग्रता बनायो । खेलको ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो । योसँगै नेपालले तीन अङ्क जोडेको छ । आजको खेल नेपालले १००औँ अन्तर्राष्ट्रिय खेल हो । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको थियो । नेपाल रहेको समूह ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष