पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाले पहिरो खस्दा उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा सोमबार बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ । सडक खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
आवागमन रोकिँदा वामीटक्सारबाट रिडिहुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनसाधन बिचबाटोमा रोकिएका छन् । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ । (रासस)
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया