बागमती प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गर्नेछ । यसअघि असार १२ गतेका लागि तय गरिएको बैठक सत्ता साझेदार दलका सांसदहरूले नै विरोध गर्ने भएपछि स्थगित गरिएको थियो। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गतेका लागि सारिएको जानकारी गराएको थियो।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा बजेटमाथि छलफल सुरु गरिनेछ । बजेटमाथिको छलफलसँगै संशोधन प्रस्तावहरू समेट्दै बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी सचिवालयले जनाएको छ।
ताजा अपडेट
-
असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने
-
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
-
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा
-
नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो
-
रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
प्रतिक्रिया