एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले मलेसियाको क्वालालम्पुरमा टस जित्दै आफूले ब्याटिङ रोजेर भुटानलाई फिल्डिङको निम्तो दिएको हो । नेपाली टोली अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै अविजित छ । आइतबार इन्डोनेसियालाई ३७० रनको ठूलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।
नेपाल रहेको समूहबाट सिंगापुर पनि तीन जित र एक हारसहित सेमिफाइनलमा पुगिसकेको छ । जापान, नेपाल, सिंगापुर, इन्डोनेसिया र भुटान रहेको समूह ए को सबैभन्दा कमजोर टिम हो भुटान । भुटानले तीन खेलमा सबैमा पराजय भोगेको छ । आइतबार इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको नेपालले भुटानविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया