एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले मलेसियाको क्वालालम्पुरमा टस जित्दै आफूले ब्याटिङ रोजेर भुटानलाई फिल्डिङको निम्तो दिएको हो । नेपाली टोली अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै अविजित छ । आइतबार इन्डोनेसियालाई ३७० रनको ठूलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।
नेपाल रहेको समूहबाट सिंगापुर पनि तीन जित र एक हारसहित सेमिफाइनलमा पुगिसकेको छ । जापान, नेपाल, सिंगापुर, इन्डोनेसिया र भुटान रहेको समूह ए को सबैभन्दा कमजोर टिम हो भुटान । भुटानले तीन खेलमा सबैमा पराजय भोगेको छ । आइतबार इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको नेपालले भुटानविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया