काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गरी शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।
छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आजदेखि असार २७ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नुपर्नेछ ।
महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।

ताजा अपडेट
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
-
नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


प्रतिक्रिया