चार ठाउँमा पहिरो, पासाङल्हामु राजमार्ग अवरुद्ध
रसुवा । पहिरोले पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।
तातोपानी डाँडा र बालुवा खानीमा पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ । बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यसैगरी फ्याङलुङ र लिङलिङमा पहिरो खसेको ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । बाटो खुलाउन पहल भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
-
नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


प्रतिक्रिया