धितोपत्र कसुर : के गरे ठहरिन्छ, कस्तो कारबाहीमा परिन्छ ?
काठमाडौं । तपाईंले पनि सेयर बजारमा चलखेल गरेर कारोबार त गरिहरनुभएको छैन् ? यदि छ भने सचेत हुनहुोस् !
धितोपत्र कारोबार प्रभावित पार्ने कुनै पर्ने काम गरेमा नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बिन्धि ऐन, २०६३ अनुसार कैद र आर्थिक जरीवानासम्मको कारबाही गर्दै आएको छ । कुनै व्यक्तिले भित्री कारोबार, झुठो कारोबार, मूल्यमा उतार चढाव गराएमा, धितोपत्र बजारदलाई प्रभावित हुने काम वा झुक्याउने विवरणहरु दिनेलगायत गतिविधि गरेमा बोर्डले त्यही अनुसार कारबाही अघि बढाउने प्रवक्ता निरञ्जय घिमिरेले कुरा पैसाकोमा बताए ।
के हो भित्री कारोबार ?
कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको ठहरिने छ । यदि कसैले यस्तो कारोबार गरेमा धितोपत्र ऐन अनुसार एक वर्षको जेल सजाय तथा आर्थिक जरीवाना गर्ने ऐनमा उल्लेख छ ।
यससँगै, धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, घटाउने वा स्थिर बनाउने गतिविधि पनि कसुर ठहरिन्छ । त्यस्तो प्रकारको गतिविधिबाट यदि कसैलाई नोक्सानी भएमा त्यसको भरपाईसमेत गर्नुपर्ने पर्ने धितोपत्र ऐनमा व्यवस्था छ ।
(नेपालवाचको टेलिभिजन कार्यक्रम कुरा पैसाको नयाँ अंकमा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय घिमिरेसँग छलफल गरिएको छ । धितोपत्र कसुरमा कसरी परिन्छ ? कुन कसुरमा के कारबाही हुन्छ ? लगायत विषय छलफलमा समेटिएका छन् ।)
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया