फिफा वरियतामा नेपाली महिला टोलीले मार्यो छलाङ, १३ स्थान सुधार
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।
यसअघि एक सय औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औँ स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रूपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।
केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९-०, श्रीलंकालाई ८-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३-३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४-२ ले पराजित भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया