शंकर पोखरेलको प्रश्न– चुनावमा भाग लिने व्यक्ति मन्त्री भइरहन मिल्छ र ?
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कुलमान घिसिङ मन्त्री पदमा बसिरहन उपयुक्त नभएकाले उनलाई बिदा गर्नुपर्ने बताएका छन् ।
चुनाव गराउने प्रयोजनका लागि गठित सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले चुनावमा भाग लिने घोषणा गरिसकेका व्यक्तिलाई मन्त्री बनाइरहनु उपयुक्त नहुने पोखरेलको तर्क छ । कुलमानतर्फ संकेत गर्दै उनले यस्तो बताए पनि नाम भने लिएका छैनन् ।
‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?,’ पोखरेलको प्रश्न छ ।
प्रधानमन्त्रीको प्रतिबद्धता मेल नखाने गरी कुलमान मन्त्री बन्नु नैतिक दृष्लिे पनि उपयुक्त नहुने पोखरेलको टिप्पणी छ । यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?,’
अन्तरिम सरकारका ऊर्जा मन्त्री घिसिङले आगामी फागुन २१ का लागि तय निर्वाचनलाई लक्ष्य गर्दै हालै निर्वाचन आयोगमा उज्यालो नेपाल नामक दल दर्ताका लागि निवेदन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा गरेका कामले चर्चामा आएका घिसिङले दल दर्ताका लागि निवेदन दिएसँगै राजनीतिक वृत्तमा विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया