एनपीएल सिजन-२ : जनकपुर बोल्ट्सले काठमाण्डुलाई दियो १३१ रनको लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन(२ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जसामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।
ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एक एक विकेट लिए ।


प्रतिक्रिया